५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


गंगामाया राष्ट्रसंघीय कार्यालयमा, न्यायका लागि सहयोगको अपिल


0
Shares

काठमाडौं, पुस २५ । गोरखा, फुजेलकी गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपिल गरेकी छन् ।

बुधबार राष्ट्रसंघीय कार्यालयका संयोजक भ्यालरी जुलियन्डसँगको भेटमा उनले राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तर्राष्ट्रिकरण गर्न सहयोग गरिदिन आग्रह गरिन् ।

न्यायका लागि आफ्नो संघर्ष जारी रहको पनि गंगामायाले बताइन् ।

उनले संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालयमै पुगेर न्यायको गुहार माग्ने इच्छा पनि व्यक्त गरेकी छन् ।

नेपालस्थित राष्ट्रसंघीय कार्यालयले आफ्नो ‘म्यान्डेट’भित्र रहेर सहयोग गर्ने आश्वासन दिएको पनि उनले बताइन् ।