११ असार २०८२, बुधबार | Thu Jun 26 2025


तेह्रथुमका प्रमुख दलद्वारा उम्मेदवार सिफारिस (नामावली)


0
Shares

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् ।

कांग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई संघको प्रत्यक्षतर्फको उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

संघको निर्वाचनमा समानुपातिकतर्फ पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्व जिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको हो ।

यस्तै, प्रादेशिक निर्वाचनमा क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपिन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवालगायतको नाम सिफारिस भएको छ ।

एमालेबाट भने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सभासद भवानीप्रसाद खापुङ, तेजमान कन्दङ्वा र विष्णुमाया विकको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ भीमप्रसाद घिमिरे, अर्जुन ढुंगाना र जमुना सुवेदीको नाम सिफारिस भएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ जिल्ला पार्टी अध्यक्ष लक्ष्मण तिवारी र किशोरचन्द्र दुलालको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर–२ बाट बाबुराम थापा, विश्वराज खापुङ र सिर्जना लामाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ क्षेत्र नम्बर–१ बाट अनुभूतिबम नेपाली, पिताम्बर तिम्सिना, धर्म खुलाल, गणेश सोदेम्बा, तुलसी अधिकारी, रेनुका भट्टराई र तारा गुरुङको नाम सिफारिस भएको एमालेले जनाएको छ ।

क्षेत्र नम्बर–२ बाट रामचन्द्र थपलिया, नेत्र पन्धाक र लक्ष्मी कार्कीको नाम सिफारिस भएको छ ।

माओवादी केन्दबाट संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाउन सिफारिस भएकोे छ ।

समानुपातिकतर्फ केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाइँ र पूर्वविधायक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ ।

प्रदेशतर्फ क्षेत्र नम्बर–१ मा इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ सिफारिसमा परेका छन् ।

यस्तै क्षेत्र नम्बर–२ मा प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङ्वा र जिल्ला सहसंयोजक ताराप्रसाद भट्टराईको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ तेजमान कन्दङ्वा, बलिराज इङ्नाम र चूडामणि बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

यसअघि, संविधानसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० मा एमाले र २०६४ मा कांग्रेसले जितेका थिए ।

प्रदेशको निर्वाचनमा क्षेत्र नम्बर–१ मा म्याङ्लुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । क्षेत्र नम्बर–२ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् । रासस