
१५ अर्ब डलर बराबरको उक्त सम्झौताले अमेरिकी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
सम्झौताले अरब क्षेत्रमा इरानबाट हुन सक्ने सुरक्षा खतराको सामना गर्न पनि सघाउ पुग्ने मन्त्रालयको भनाई छ ।
साउदी अरेबियाले रुससँग हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको एक दिनपछि अमेरिकाले आफूसँगको सम्झौतालाई अनुमोदन गरेको हो ।
सुरक्षासम्बन्धी पेन्टागनको एउटा निकायले सो सम्झौताले अरब क्षेत्रमा सैन्य सन्तुलनलाई असर नपार्ने जनाएको छ ।
चीनले क्षेत्रीय सुरक्षा सन्तुलन बिग्रिन सक्ने भन्दै उक्त प्रणालीको विरोध गरेको छ ।
आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले २०० किलोमिटर दूरीसम्मका क्षेप्यास्त्रलाइे रोक्न सक्छ ।
उत्तर कोरियाको सम्भावित आक्रमणलाई मध्यमनजर गर्दै अमेरिकाले हालै गुआम टापुमा उक्त प्रणाली राखेको थियो ।
चीनले क्षेत्रीय सुरक्षा सन्तुल विग्रन सक्ने भन्दै उक्त प्रणालीको विरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्