उदघाटन नहुँदै ‘फिस रिसोर्ट’मा पर्यटक भरिभराउ (भिडियो) • Image Khabar Image Khabar


उदघाटन नहुँदै ‘फिस रिसोर्ट’मा पर्यटक भरिभराउ (भिडियो)


Imagekhabar
२१ आश्विन २०७४, शनिबार १२:१०

उदघाटन नहुँदै ‘फिस रिसोर्ट’मा पर्यटक भरिभराउ (भिडियो)

परिवार सहित घुम्न निस्कने ठाउँको अभाव भइरहेका बेला धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहरामा निर्मित फिस रिसोर्टले केहि हदसम्म त्यसको आवश्यकता पूरा गरेको छ ।

करिब ५० लाखको लागतमा कैलालीको धनगढीमा फिस रिसोर्ट सचालनमा आएसंगै पर्यटकको संख्या समेत बढ्दै गएको हो ।

सुभश्री प्यालेसमा स्वीमिङ पुल र हसनपुरमा एयरक्राफ्ट म्युजियम स्थापना भएसंगै धनगढीमा पछिल्लो समय निमार्ण भएको फिस रिर्सार्टले पर्यटकिय गतिबिधि अझ बढाएको छ ।

धनगढीका युवा उद्यमी दिनेश राज भण्डारी र श्याम जोशीको झण्डै ५० लाखको लगानीमा निमार्ण भएको फिस रिसोर्टको औपचारिक उदघाटन नहुँदै त्यहाँ आन्तरिक पर्यटकहरुको आवागमन बढीसकेको छ ।

आफ्नै पोखरीमा उत्पादन भएका ताजा माछाका परिकार सहित तालमा बोटिङको प्रबन्ध मिलाईएपछि धनगढी उपमहानगरपालिका वडा नं. ३ बडहरामा निमार्ण गरिएको फिस रिसोर्ट आन्तरीक पर्यटकहरुका लागि आकर्षक गन्तब्य बनेको उद्यमी श्याम राज जोशी बताउँछन् ।

फिस रिसोर्टमा अवलोकन गर्न पुगेकाहरु त्यहाँको बोटिङको मजा र रमाईलो वातावरण देखेर मख्ख हुने गरेका छन ।

आफ्नै शहरमा महिला वालवालिका सहित परिवारका सदस्यहरु मिलेर साथीभाईसंगै रमाईलो गर्ने गरी फिस रिसोर्टमा गएर बोटिङको आनन्द लिन पाईने भएपछि यहाँका वासिन्दाहरु पनि खुसी छन ।

धनगढीमा परिवार सहित घुम्न निस्कने ठाउँको अभाव भईरहेका बेला निमार्ण भएको फिस रिसोर्टले केहि हदसम्म त्यसको आवश्यकता परिपुर्ती गरेको स्थानीइ सिद्धराज ओझा बताउँछन ।

तालमा सयरका लागि फिस रिसोर्टमा चार वटा पैडलवाला डुंगा राखिएका छन् । बोटिङका अलावा फिस रिसोर्टमा हरेक साँझ स्थानीय सांस्कृतिक नृत्य र मौलिक परिकारहरु आँखै अगाडी पकाएर खुवाईने भएकाले पनि पर्यटक आकर्षित भएको स्थानीय राज बहादुर ऐर बताउँछन् । 

बोटिङको आनन्द सहित वालवालिकाको रमाईलोका लागि आफैंले माछा मारेर किन्न सकिने व्यवस्था पनि मिलाईएको छ ।

फिस रिसोर्टमा माछा मात्रै नभएर अन्य बिभिन्न पशु पन्छी सहित मौरी पालन समेत गरिने योजना संचालकहरुको छ ।

प्रतिक्रिया दिनुहोस्