
निश्चित मापदण्डभित्र परेका बिरामीका खकार उक्त मेसिनमार्फत परीक्षण हुने गर्दछ । जिन एक्स्पर्ट मेसिनमा खकार राखेपछि उसले नै आफैँ परीक्षण गरेर कम्प्युटरमा नतिजा दिन्छ ।
यो प्रविधि केही महँगो भए पनि प्रभावकारी रहेको छ । जिल्लामा क्षयरोग परीक्षण गर्ने मेशिन सरकारले उपलब्ध गराएपछि परीक्षणका लागि टाढा पुग्नुपर्ने बाध्यताबाट जिल्लाबासीलाई राहत मिलेको छ ।
छोटो समयमै विश्वसनीय परिणाम आउने भएपछि बिरामी ढुक्क हुनसक्ने बताइएको छ । निक साइमन्स इन्स्टिच्युट र विराट नेपाल मेडिकल ट्रष्टले अस्पताललाई सो मेसिन प्रदान गरेको हो ।
करीब ३० लाख रुपैयाँ पर्ने यो मेसिनबाट क्षयरोगका साथै हेपाटाइटिस बी, इबोला जस्ता २५ थरीका रोग परीक्षण गरी पत्ता लगाउन सकिनेछ ।
अहिले यो मेसिन कपिलबस्तु, प्यूठान, बर्दिया र गुल्मीका जिल्लालाई उपलब्ध गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्