Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सांसद बिडारीको प्रश्न– ‘निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने प्रहरीमाथि फौजदारी अभियोगमा किन कारवाही भएन ?’


0
Shares

काठमाडौं, पुस २५ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने प्रहरीमाथि फौजदारी अभियोगमा किन कारवाही गरिएन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले प्रश्न गरे, ‘बिचरी हाम्री चेली, जसको बलात्कार र हत्या भयो, त्यसको छानबिन गर्नुपर्ने हो । तर प्रहरीले निर्दोषलाई मुद्दा लगाउन खोज्छ, त्यसको प्रमाण नष्ट गर्छ, प्रमाण नष्ट गर्ने प्रहरीलाई फौजदारी अभियोगमा हुन सक्ने कारवाही सरकारले किन गर्न सक्दैन ?’

प्रमाण नष्ट गर्ने प्रहरीलाई कानुनी कारवाहीको दायरामा ल्याएपछि बल्ल मुद्दाको अनुसन्धान शुरु भएको मानिने उनले बताए । ‘मुद्दाको अनुसन्धान सजिलै गर्न सकिन्छ,’ उनले भने ।