
विभिन्न तीन चरणमा हुन लागेको महोत्सवअन्तर्गत् आगामी असोज २५ गते पहिलो चरणको महोत्सव गर्न लागेको आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिकासहित विभिन्न संघ–संस्थाको सहयोगमा हुने महोत्सवको दोस्रो चरण आगामी पुस १० गतेदेखि १५ गतेसम्म पर्यटकीय गाउँ छाम्रोङमा र तेस्रो चरण २०७५ जेठ १८ देखि २० गतेसम्म पर्यटकीय गाउँ घान्द्रुकमा हुने जनाइएको छ ।
प्रथम चरणको तयारी अन्तिम चरणमा पुगेको अन्नपूर्ण गाउँपालिकाका कार्यकारी अधिकृत खेमराज देवकोटाले बताए ।
समुद्र सतहदेखि ४१ सय ३० मिटरमा अवस्थित अन्नपूर्ण आधार शिविर पदयात्रामार्गमा नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा गर्ने गरेका छन् ।
यस्तै, १० प्रतिशतले हिमाल आरोहण र २० प्रतिशत अरु पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेको तथ्यांक रहेको छ ।
अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार ६२९ वर्गकिलोमिटरलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत् संरक्षण गरेर राखिएको छ ।
जसअन्तर्गत् मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दीका तीन, कास्कीका १७ र लमजुङका साविक ८ गाविस संरक्षण क्षेत्रभित्र छन् ।
प्रतिक्रिया दिनुहोस्