तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान • Image Khabar Image Khabar


तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान


Imagekhabar
२२ आश्विन २०७४, आईतवार १०:४३

तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान

बडादशैँयता ३६८ वटा ट्रक-कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक, कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताए ।

साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक-कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ ।

चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्