१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


फेसबुकमार्फत चिनजान, जागिर लगाइदिन्छु भन्दै बोलाएर बलात्कार !


0
Shares

सुनसरी, पुस २५ । जबरजस्ती करणीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ईहटरी उपमहानगरपालिका–१० का २३ बर्षीय रमेश राईलाई पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले दिएको जानकारी अनुसार राईले फेसबुकमार्फत चिनजान भएकी भोजपुर पावादुम्बाकी एक ३५ बर्षीया महिलालाई जागिर लगाई दिन्छु भनी गत २० गते धरान बोलाएका थिए । धरानमा भेटघाट गरी ईटहरी ल्याएर एक होटलमा राखी २० गतेदेखि २४ गतेसम्म ज्यान मार्ने धम्की दिँदै उनले ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

पीडित महिलाको जाहेरीका आधारमा निज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीको भनाइ छ ।