
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ५६ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन ४ सयले नै कमी आएर ५५ हजार ६ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ७ सय ६० मा कारोबार भयो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७४ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्