दक्षिण एशियाको आर्थिक बृद्धिदरमा गिरावट : विश्व बैंक • Image Khabar Image Khabar


दक्षिण एशियाको आर्थिक बृद्धिदरमा गिरावट : विश्व बैंक


Imagekhabar
२२ आश्विन २०७४, आईतवार २०:११

दक्षिण एशियाको आर्थिक बृद्धिदरमा गिरावट : विश्व बैंक

दुई वर्षसम्म विश्व आर्थिक वृद्धिदरमा पहिलो नम्बरमा रहेको दक्षिण एशिया अहिले दोस्रो नम्बरमा रहेको बैंकले जनाएको छ । पछिल्लो समय पूर्र्वी एशिया पहिलो नम्बरमा रहेको बैंकले जनाएको छ ।

यस क्षेत्रको आर्थिक वृद्धिदर सन् २०१७ मा ६ दशमलब ९ प्रतिशत सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर साढे ७ प्रतिशत थियो ।

उचित नीतिगत सुधार गर्न सके आगामी वर्ष ७ प्रतिशत माथि पुग्न सक्ने पनि विश्व बैंकले जनाएको छ ।

नेपालको आर्थिक वृद्धिदर भने ४ दशमलब ६ प्रतिशतमा सीमित हुने संशोधित अनुमान विश्व बैंकको छ । तराई क्षेत्रमा आएको बाढीले पु¥याएको क्षति, निर्यातमा सुधार आउन नसक्नु एवं कर्जादर लगायतका कारण आर्थिक वृद्धिदर खुम्चने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्