
काठमाडौं महानगरपालिका–१६ भित्र रहेको उक्त फार्ममा आइतबार साँझ पाँच बजेतिर बिजुलीको वेल्डिङ गर्दा विद्युत् सर्ट भई आगलागी भएको थियो । आगालागी भएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेको थियो ।
फार्मको दोस्रो तलामा लागेको आगो नेपाल प्रहरी, स्थानीयवासी, दुईओटा दमकल, दुईओटा पानी ट्यांकरको सहयोगमा नियन्त्रणमा आएको वृत्तका प्रमुख नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
आगलागीबाट करिब रु १५ लाख बराबरको क्षति भएको फार्मका सन्चालक हृदयनारायणप्रसाद कुशवहाले बताए । रासस
प्रतिक्रिया दिनुहोस्