सुन आयात ५० प्रतिशत बढ्यो, ७७ दिनमा एक हजार पाँच सय ५० किलो सुन भित्रियो • Image Khabar Image Khabar


सुन आयात ५० प्रतिशत बढ्यो, ७७ दिनमा एक हजार पाँच सय ५० किलो सुन भित्रियो


Imagekhabar
२३ आश्विन २०७४, सोमबार ०६:२४

सुन आयात ५० प्रतिशत बढ्यो, ७७ दिनमा एक हजार पाँच सय ५० किलो सुन भित्रियो

चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलो सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो ।

गत वर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ ।

सरकारले पहिले वैदेशिक रोजगारीमा गएका र विदेशमा बस्ने नेपाली स्वदेश फर्किदा ५० ग्रामसम्म सुन ल्याउन छुट दिएको थियो । चालु आवदेखि यो व्यवस्था पूर्ण रुपमा हटाएको छ ।

यो व्यवस्था हटाएका कारण बैंकमार्फत सुन आयात बढेको व्यवसायी र सरकारी अधिकारी बताउँछन् । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्