२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


सुन आयात ५० प्रतिशत बढ्यो, ७७ दिनमा एक हजार पाँच सय ५० किलो सुन भित्रियो


0
Shares

चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलो सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो ।

गत वर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ ।

सरकारले पहिले वैदेशिक रोजगारीमा गएका र विदेशमा बस्ने नेपाली स्वदेश फर्किदा ५० ग्रामसम्म सुन ल्याउन छुट दिएको थियो । चालु आवदेखि यो व्यवस्था पूर्ण रुपमा हटाएको छ ।

यो व्यवस्था हटाएका कारण बैंकमार्फत सुन आयात बढेको व्यवसायी र सरकारी अधिकारी बताउँछन् । –नागरिक दैनिकबाट