तानसेन–बुटवल सडकखण्ड आज दिनभर बन्द गरिने • Image Khabar Image Khabar


तानसेन–बुटवल सडकखण्ड आज दिनभर बन्द गरिने


Imagekhabar
२३ आश्विन २०७४, सोमबार ०९:४८

तानसेन–बुटवल सडकखण्ड आज दिनभर बन्द गरिने

आज बिहान १० देखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी मर्मत गरिने ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।

डिभिजन सडक कार्यालय पाल्पाले सडक मर्मत छिटो गर्ने गरी काम अघि बढाएको जनाएको छ ।

तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–२ दोभान र सिद्धबाबाको बीचमा सडकमाथिदेखि ढुंगासहितको पहिरो खस्दा तीन जनाले ज्यान गुमाईसकेका छन् ।

सिद्धबाबा क्षेत्रमा असोज ९ गतेदेखि पहिरो झर्न थालेपछि सडक अवरुद्ध हुँदै आएको थियो ।

बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ जाने यात्रुका साथै र बुटवलतर्फ जाने सवारीसाधन रोकिएपछि यात्रु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्