
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
आफूलाई सुनुवाइको मौका नदिइ बर्खास्त गरेको भन्दै शर्माले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
मन्त्रिपरिषदको बैठकले शर्मालाई यही असोज ८ गते पदबाट हटाउने निर्णय गरेको थियो ।
शर्मामाथि वार्षिक आम्दानीमा गडबड गरेको, साझाकै लोगोमा व्यक्तिगत तरिकाले पुस्तक प्रकाशन गरेको, पुस्तक बिक्री–वितरणको हिसाब–किताब दुरुस्त नराखेकोलगायतका भ्रष्टाचार र अनियमितताको आरोप छ । रासस
प्रतिक्रिया दिनुहोस्