
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बृद्धि भएर ५६ हजार २ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि ४ सयले उकालो लागेर ५६ हजारमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ७ सय ६५ मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रति औंस १२ सय ८२ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्