Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


सरकारलाई राप्रपाको समर्थन


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको टोलीले पार्टीका तर्फबाट सरकारलाई समर्थन रहेको भन्दै पत्र बुझाएको हो ।

समर्थन पत्र बुझाएपछि पार्टीका नेता दिलनाथ गिरीले निर्धारित् समयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सुनिश्चितताका लागि वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने–‘सरकारको प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पार्टी एकीकरण गर्ने उद्देश्यले गठबन्धन बनाउने सहमति गरेपछि सरकारलाई अल्पमतमा पर्न नदिन हामीले समर्थन गरेका हौं ।’

यसअघि, सोमबारै प्रमुख सचेतक शाहीले व्यवस्थापिका–संसद सचिवालयमा वर्तमान सरकारलाई समर्थनसहितको पत्र दर्ता गराएकी थिइन् ।

यसैबीच, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले सोमबार प्रधानमन्त्री देउवासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिकाबारेमा छलफल गरेका छन् । रासस