२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाथिभरा मन्दिर जाने सडक जोखिमपूर्ण, तीन करोड बजेट खर्च भए पनि सडक उस्तै


0
Shares

एकै सिजनमा लाखौ तिर्थयात्री पुग्ने पाथिभरा मन्दिर जाने सुकेटारदेखि तल्लो फेदीसम्मको दश किलोमिटर बाटो सुधार नगर्दा वर्षेनी तीर्थालु हिलाम्मे सडकमा सवारीसाधन ठेलेर जान बाध्य हुन् ।

सडकको स्तरोन्नती गर्न क्षेत्रीय पर्यटक मार्ग घोषणा गरेर सरकारका तर्फबाट काम भईरहे पनि ठेकेदारले समयमा काम नगर्दा वर्षेनी हैरानी ब्यहोर्नु परेको हो ।

सुकेटारसम्म कालोपत्रे सडक पुगे पनि त्यसभन्दा माथिको करीब १० किलोमिटर सडक कच्ची र सवारी भासिने हुँदा गाडी चलाउन जोखिम रहेको सवारी चालक बताउँछन् ।

सो सडकको स्तरोन्नती कै नाममा विभिन्न समयमा गरी हालसम्म ३ करोडभन्दा बढी रकम सकाइएको छ ।