१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


‘वर्षेनि ५ लाख युवा बेरोजगार’


0
Shares

‘कोरिया इन्टरनेशनल को–अपरेशन एजेन्सी (कोइका)’ को वित्तीय तथा अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको प्राविधिक सहयोगमा श्रम तथा रोजगार मन्त्रालय÷विभागद्वारा आयोजित अभिमुखीकरण गोष्ठीमा उपसचिव राईले आन्तरिक रोजगारी सिर्जना हुन नसकेकाले वर्षेनि ५ लाख युवा बेरोजगार भएको बताए ।

नेपालका रोजगारदाता उद्योग, प्रतिष्ठानले रोजगारी दिन अनिच्छा देखाएकाले रोजीरोटीका लागि युवा विदेशिनु परेको उनको टिप्पणी थियो ।

श्रम विभागका निर्देशक हरि शर्माले कर्णालीसँग रोजगार दिनसक्ने तमाम सम्भावना रहेको बताए । यहाँ जल, जंगल, जडीबुटी र पर्यटन क्षेत्रको विकास गर्न सके सयौँ युवाले रोजगार पाउने उनको भनाइ थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन नेपालअन्तर्गत सन्चालित श्रम बजार, सूचना रोजगार सेवा (लाइफ) परियोजनाका राष्ट्रिय संयोजक सौरभराम जोशीले आफूहरुले रोजगारी दिने नभई प्रभावकारी रोजगारी सेवा प्रवाहको लागि पहल गर्ने बताए ।

संयोजक जोशीले सन् २०१५ देखि परियोजना सुरु हुँदा पहिलो चरणमा धनगढी, नेपालगन्ज, बुटवल, काठमाडौं, विराटनगर र अहिले जनकपुर, पोखरा र जुम्लाका रोजगार सूचना केन्द्रसँगको सहकार्यमा काम गर्दै आएको जनाए ।

रोजगार खोज्नेका लागि सहज होस् भनेर प्रत्येक सूचना केन्द्रमा ‘जब पोर्टल’ निर्माण गरिएको छ । परियोजनाले अहिलेसम्म विभिन्न क्षेत्रमा गरेर ३ हजार ८४९ जनालाई रोजगार दिलाउन सहयोग पुर्‍याएको छ । रोजगार सूचना केन्द्रका प्रमुख मेघराज गिरीले जनशक्ति आवश्यक परेमा आफ्नो कार्यालयसँग सम्पर्क र समन्वय गर्न आग्रह गरे । रासस