२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धादिङ बस दुर्घटनाः एकजनाको मृत्यु, ५३ घाइते, २२ को अवस्था गम्भीर (भिडियो)


0
Shares

दुर्घटनामा अरु ५३ जना घाइते भएका छन् । गम्भीर घाइते भएका २२ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

अरु घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका वडा नम्बर–३ का ५० वर्षीय होमबहादुर घले रहेका छन् । गम्भीर घाइते भएका घलेको उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर–३ छेलाङबाट मंगलबार दिउँसो सदरमुकाम धादिङबेसी आउँदै गरेको बा३ख ४७८ नम्बरको बस अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेर रुखको कापमा अड्किएको थियो ।

बस तीव्रगति र क्षमताभन्दा बढी यात्री रहेका कारण दुर्घटनामा परेको प्रारम्भिकरुपमा देखिएको प्रहरीको भनाइ छ । घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

भिडियो हेर्नुहोस्