२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी असोज २६ देखि


0
Shares

मेला आयोजक फ्लोरकल्चर एसोसिएसन अफ नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पुष्प प्रदर्शनीबारे विस्तृत् जानकारी गराएको हो ।

यही असोज २६ देखि जावलाखेलको खेल मैदानमा हुने चारदिने प्रदर्शनीमा ४४ ओटा व्यावसायिक स्टल, तीनओटा सूचनामूलक र तीनओटा स्टलमा गोदावरी फूलको प्रतिस्पर्धात्मक स्टल हुने जनाइएको छ ।

मेलामा गोदावरी फूलको विभिन्न प्रजातिका फूलसहित अरु फूल–विरुवाहरुसमेत प्रदर्शनी हुने जनाइएको छ ।