१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


अमेरिका विश्वकप फुटबलमा छनोट भएन, पानामा पहिलोपटक छानियो


0
Shares

छनोटको अन्तिम खेलमा बुधबार बिहान समूहमा अन्तिम स्थानमा रहेको टोली ट्रिनिडाड एण्ड टोबागोसँग २-१ ले पराजित हुँदै अमेरिका विश्वकप छनोटबाट बाहिरिएको हो ।

उत्तर अमेरिका तथा क्यारेबियन समूह कोन्काकाफबाट यसपटक मेक्सीको समूह विजेताका रुपमा विश्वकपमा प्रवेश गर्‍यो ।

दोस्रो स्थानमा रहेको कोस्टारिका तथा तेस्रो स्थानमा रहेको पानामा पनि सिधै विश्वकपमा छनोट भए ।

पानामा विश्वकपका लागि छनोट भएको यो पहिलो अवसर हो । चौथो स्थानमा रहेको होण्डुरसले प्ले अफ् चरणमा ठाउँ बनायो ।

होन्डुरसले अब एशियाली समुहको अष्ट्रेलियासँग विश्वकप छनोटका लागि प्ले अफ खेल्नेछ ।

अमेरिका भने समुहको पाँचौ स्थानमा सेमटिएपछि प्ले अफ् चरणमा पनि पुग्न सकेन । अमेरिकाले सन् १९८६ पछि विश्वकप खेल्न नपाएको यो पहिलो पटक हो ।