
व्यवस्थापिका–संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा श्रममन्त्री मन्सुरले नयाँ कानुन ल्याउने तयारी भइरहेको बताएका हुन् ।
उनले सरकारी नीति कार्यान्वयन गर्न मन्त्रालयले गृहकार्य गरिरहेकोसमेत बताए ।
मन्त्री मन्सुरले सबै प्रदेशमा झन्डै १० हजार दक्ष कामदार तयार पार्न उपलब्धिमूलक तालिमको व्यवस्था मन्त्रालयले गरिएको जानकारी दिए ।
उनले श्रमिक वर्गको हितका लागि विदेशस्थित राजदूतावासको संख्या बढाउन आफूले पहल गरेको बताए ।
यसैगरी, उनले औद्योगिक क्षेत्रमा शाान्तिपूर्ण ढंगले काम गर्ने वातावरण सिर्जना गर्न र देशभरका श्रमिक वर्गको हितमा काम गर्न मन्त्रालय कटिबद्ध रहेको स्पस्ट पारे ।
समितिको बैठकमा नेपालको परराष्ट्रसम्बन्धी नीति समयानुकूल परिमार्जन र सुधारका सम्बन्धमा उपसमितिले तयार पारेको प्रतिवेदन पेस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्