फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु • Image Khabar Image Khabar


फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु


Imagekhabar
२५ आश्विन २०७४, बुधबार १५:५९

फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु

स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपलिका–३ बगनाहा निवासी १७ वर्षीय नरेश थारु खेल्दैगर्दा बेहोस भएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मंगलबार दिउँसो खेल भइरहदा गर्मीका कारण बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्