२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


निर्माण व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा


0
Shares

महासंघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी हत्या भएको ४८ घन्टासम्म पनि हत्यारा पत्ता नलाग्नु गृह प्रशासनको ठूलो कमजोरी रहेको जनाएको छ ।

महासंघले अध्यक्ष गौचनको हत्याको विरोध एवं हत्यारा पत्ता लगाउन दबाब दिन आन्दोलनको घोषणा पनि गरेको छ ।

महासंघले असोज २६ गते उपत्यकाको माइतीघरमन्डला, कोटेश्वर र कुपन्डोलमा बिहान ९ देखि १० बजेसम्म चक्काजाम गर्ने जनाएको छ ।

यस्तै, असोज २७ गते देशभरका राजमार्गमा बिहान १० देखि ११ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेको छ ।

हत्यारा पत्ता नलागेसम्म देशभरका निर्माण व्यवसायीहरु कुनैपनि बोलपत्रमा सहभागी नहुने भएका छन् ।

साथै, राष्ट्रिय गौरवका आयोजनाहरु गल्छी सडक, रानी–जमरा, सिक्टा, विराटनगर–रानी सडक, मध्यपहाडी सडकलगायत देशभरका अरु ठूला आयोजनाहरुको काम ठप्प पारेको महासंघले जनाएको छ ।

हत्यारा पत्ता नलागे उपत्यका बन्द, नेपाल बन्दलगायतका कडा आन्दोलन गर्न बाध्य हुनेसमेत महासंघले चेतावनी दिएको छ ।