Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


प्रतिमन १ लाख २० हजार रुपैंयाँ बिक्री भएको अलैंची ३० हजारमा झर्‍यो


0
Shares

प्रतिमन १ लाख २० हजार रुपैयाँबाट ओरालो लागेर अलैंचीको मूल्य दुई वर्षको अन्तरालमा प्रतिमन ३० हजार रुपैयाँमा झरेपछि किसान र ब्यापारी चिन्तित बनेका हुन् ।

मुल्य निरन्तर ओरालो लाग्दा कृषकले उत्पादन गरेको अलैंची बिक्री हुन सकेको छैन ।

त्यस्तै महंगो मूल्यमा किनेर भण्डारण गरेको अलैंची कम मूल्यमा बेच्न बाध्य हुँदा धनकुटाका १४ जना अलैंची ब्यापारीलाई २० करोड रुपैयाँभन्दा बढी घाटा भएको अलैंची ब्यवसायी महासंघ धनकुटा शाखाका अध्यक्ष ईन्द्र तितुङले जानकारी दिए ।

नेपालबाट भारत जाने अलैंचीमा बिभिन्न नक्कली अलैंची मिसावट भएपछि मूल्यमा गिरावट आएको हुन सक्ने अलैंची ब्यबसायीहरु बताउँछन् ।

नेपालमा अलैंचीको गुणस्तर जाँच गर्ने क्वारेन्टाईन नभएको र विश्व बजारमा नेपाली अलैंचीको आफ्नै जात नभएका कारण मिसावटको सिकार भएर आफूहरु मारमा परेको गुनासो किसान र व्यापारीको छ ।