
पाल्पा । पाल्पाको रामपुरमा छिमेकीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
रामपुर नगरपालिका–४ का ५५ बर्षिय भलबहादुर कुमालको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३६ वर्षिय मनोज थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सामान्य विवादमा थापाले खुर्पा प्रहार गरी कुमालको हत्या गरेको आरोप प्रहरीले जनाएको छ । मृतक कुमालकी श्रीमती र ५ छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्