२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भरतपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु


0
Shares

चितवन । चितवनको भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१० गौतमचोकमा ना. ४८ प ३७५७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालक र पैदलयात्री दुवैको मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिएर लडेपछि गम्भीर घाईते भएका चालक भरतपुर–७ का युवराज थापा र पैदलयात्री भरतपुर–१० का रमेशविक्रम थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।