२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विश्वमै लोपोन्मुख सारसको प्रजनन् केन्द्र बन्दैछ कपिलवस्तु (भिडियो)


0
Shares

कपिलवस्तुको कुदान क्षेत्रमा सारसले अण्डा दिएका छन् भने गोटिहवा क्षेत्र नजिक सारसले आफ्ना बच्चा चराउँदै हिँडेको देखिन्छ । विशेषगरी सारसले असोज र कात्तिक महिनामा अण्डा पार्ने र बच्चा कोरल्ने गर्दछ । सारस बस्ने ठाउँ शुभ मानिने भएकाले बालीनाली धेरै फल्ने जनविश्वास रहँदै आएको छ ।

१० किलोसम्म तौल हुने सारस दुर्लभ चरा हो । वन्यजन्तु संरक्षण ऐन–२०२९ ले संरक्षण गरेका ९ वटा पंक्षीको प्रजातीमा सारस पनि पर्छ । नेपालको कानुन अनुसार संरक्षित चरा मानिने सारसले बच्चा चराएको र बसेको ठाउँ भने असुक्षित छ । सोही असुरक्षालाई मध्यनजर गर्दै सारस संरक्षणमा स्थानीयबासी सक्रिय हुन थालेका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्