
सोमबार नेपाल प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए ।
माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना गराउने वातावरण बन्ने बताए ।
उनले माओवादी केन्द्रको सरकारमा पनि रहने र प्रतिपक्षसँग पनि गठबन्धन गर्ने दोहोरो चरित्र स्वीकार्य नहुने बताए ।
डा. खड्काले वाम गठबन्धनले छिमेकीमुलुकसँगको सन्तुलन खल्बलिने खतरा रहेको बताए ।
खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना मन्त्रीलाई नैतिकरुपमा सरकारबाट फिर्ता बोलाउनुपर्नेमा जोड दिए ।
एक अर्को प्रसंगमा उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको उपलब्धि भएको बताए ।
आन्दोलनरत् दललाई निर्वाचनमा सहभागी गराउनु र संविधानलाई सर्वस्वीकार्य बनाउनु सरकारको उपलब्धि भएको उनले बताए ।
संविधानसभाको निर्वाचन २०६४ र २०७० सालमा उदयपुरबाट निर्वाचित डा. खड्काले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उदयपुर क्षेत्र नम्बर–१ बाट आफू उम्मेदवार बन्ने सम्भावना बढेकोसमेत बताए । रासस
प्रतिक्रिया दिनुहोस्