२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘छोरा बेपत्ता भएको २१ दिन बित्यो, खोजखबर छैन’


0
Shares

सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गर्दै यादवले ११ वर्षीय छोरा महेश फेला नपर्दा पूरै परिवारको भोक र निन्द्रा हराएकाले खोजिदिन आग्रह गरे ।

असोज ९ गते बिहानबाट बेपत्ता भएको छोरा महेश अपहरणमा परेको आशंकासमेत उनले व्यक्त गरे ।

छोरा बेपत्ता भएकोबारे गत असोज २३ गते नै प्रहरीमा उजुरी गरेपनि हालसम्म कुनै खोजखबर नभएको गुनासो उनको छ ।

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने बेपत्ता महेशको खोजी भइरहेको बताए ।