२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य सुरु


0
Shares

ऐन प्रमाणीकरण भएपछि ६ महिनाभित्र तीनै तहको संगठनात्मक संरचना बनाउन कार्यदल गठन गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए ।

गठित हुने विज्ञसहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले ६ महिनाभित्र कुन तहमा कति कर्मचारी आवश्यकपर्ने भनेर निक्यौल गर्ने उनले बताए ।

सर्वेक्षण समितिले समायोजनको नियमावलीसमेत बनाउनेछ । समितिले बनाएको नियमावलीको मापदन्डका आधारमा कर्मचारी तीनै तहमा समायोजन हुनेछ । उनले समितिले तयार पारेको आधारमा ६ महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन हुनेछन् ।

कर्मचारीलाई कार्यरत पदको ज्येष्ठताका आधारमा संघ, प्रदेश र स्थानीय तहमा रोजाइका आधार र स्थायी बसोबासका आधारमा समायोजन गरिने छ । रासस