
काठमाडौं । ब्राजिलको सियरा राज्यमा बढ्दै गएको आपराधिक गतिविधी नियन्त्रणका लागि ३ सय सेना परिचालन गरिएको छ ।
सियरा राज्यमा रहेका पसल र बैंकमा लुटपाट हुन थालेपछि स्थिति नियन्त्रणमा लिन ३ सय सेना परिचालन गरिएको हो ।
स्थानीय कारागारमा केही आपराधिक समूहले कारागार नियन्त्रणमा लिई हिंसा चर्काउनुका साथै कारागारमा रहेका अन्य कैदीमाथि कुटपिटसमेत गरेको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिन ब्राजिल सरकारले कारागारभित्र मोबाइल फोनमा प्रतिबन्ध लगाउनका साथै आपराधिक गतिविधिमा संलग्नहरुलाई छुट्टै राख्ने निर्णय गरेपछि त्यसको विरोधमा आपराधिक समूहले सिएरा राज्यमा लुटपाट मच्चाएका हुन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्