२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल सम्वतका अवसरका राष्ट्रपतिद्वारा शुभकामना


0
Shares

नेपाल सम्वत् ११३८ को अवसरमा शुभकामना दिँदै उनले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वतले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वस व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । (रासस)