
सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नम्बरको जिप सोतर्यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सडकबाट १०० मिटर तल खोलामा पल्टेको जिपमा दुईजनामात्रै सवार रहेका कारण थप क्षति नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
दुवैजना रातभर जात्रामा रहेका कारण अनिँदोमा जिप चलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस
प्रतिक्रिया दिनुहोस्