Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


श्राद्ध गर्न देवघाटमा नुहाउने क्रममा बेपत्ता दाजुभाइको शव फेला


0
Shares

गत बिहीबार श्राद्ध गर्न बुटवलबाट देवघाट आएका दुई दाजुभाइ नुहाउने क्रममा नारायणी र कालीगण्डकीको संगमस्थलमा डुबेर बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार बेपत्तामध्ये रुपन्देही बुटवल उपमहानगरपालिका–१५ का २८ वर्षीय भाई राजकुमार श्रेष्ठको शव सोमबार बिहान नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा फेला परेको छ ।

यसअघि बेपत्ता भएको भोलिपल्ट गत शुक्रबार ३८ वर्षीय दाजु चन्द्रमान श्रेष्ठको शव त्रिवेणी नजिकै नदीमा फेला परेको थियो ।

श्राद्ध गर्नु अघि संगमस्थलमा स्नान गर्ने क्रममा उनीहरु बेपत्ता भएका थिए । (रासस)