२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तनहुँमा धमाधम म्यादी प्रहरी छनोट, जिल्लामै एक हजारभन्दा बढी भर्ना गरिने


0
Shares

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि निर्वाचन सुरक्षामा सहयोगीको भूमिकाको लागि लक्षित गरेर म्यादी प्रहरीको छनोट कार्य सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँमा कुल १ हजार ८४ म्यादी प्रहरी आवश्यक छ ।

त्यसै अनुपातमा म्यादी प्रहरी छनोट हुने बताइएको छ । म्यादी प्रहरी छनोटअन्तर्गत आवेदकको शारीरिक र स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

कात्तिक १० गतेसम्ममा म्यादी प्रहरीको छनोट कार्य सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँमा कुल १ हजार ८४ जना म्यादी प्रहरी आवश्यक परे पनि २ हजार ७ सय जनाको आवेदन परेको छ ।