२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिटौलालाई कार्यकर्ताको ‘दबाब’


0
Shares

गृहजिल्ला झापा आइपुगेका सिटौलाले आफ्नो क्षेत्र झापा क्षेत्र नम्बर–३ का अगुवा कार्यकर्ता, बुद्धिजीवी, पेसागत संघ, भ्रातृसंगठन तथा शुभचिन्तकसित अगाडि बढाएको भेटघाट कार्यक्रममा सहभागी भएका सबैले सिटौलालाई राष्ट्रिय राजनीतिका धरोहर रहेको भन्दै प्रत्यक्षतर्फ नै उम्मेदवारी दिन सुझाव दिएका हुन् ।

नेपालको परिवर्तनको राजनीतिमा सिटौलाको अतुलनीय योगदान रहेको स्मरण गर्दै नेपाली कांग्रेसका शुभचिन्तकहरुले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर–३ बाट प्रत्यक्ष निर्वाचनमा सिटौलाको विकल्पमा अर्को व्यक्ति नरहेकोसमेत स्पस्ट पारेका थिए ।

बीपीको समाजवादसहितको संघीय लोकतान्त्रिक व्यवस्थामा प्रजातान्त्रिक समाजवादी विचार लिएर नेपाली कांग्रेसले देशमा आमूल परिवर्तन गर्न सफल भएको स्मरण गर्दै झापा क्षेत्र नम्बर–३ का कांग्रेस कार्यकर्ताले भावी प्रधानमन्त्रीकारुपमा सिटौलालाई अगाडि आउने नेता भन्दै जनताको प्रत्यक्ष मतदानमा आउन अनुरोध गरेका छन् ।

कार्यकर्ताको भावनालाई सम्मान गर्ने भन्दै नेता सिटौलाले झापा क्षेत्र नम्बर–३ बाट आफूले प्रत्यक्षमै उम्मेदवारी दिने धारणा राखे ।

उनले आफ्नो उम्मेदवारी निजी स्वार्थका लागि नभइ देश र जनताको सेवा गर्न तथा झापा क्षेत्र नम्बर–३ का जनताको जनभावनाअनुरुप रहेकोसमेत बताएका थिए । रासस