
नयाँ दिल्ली, पुस २० । भारतको राजधानी नयाँदिल्लीमा पंखा बनाउने कारखानामा विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।
दिल्लीको मोतीनगरस्थित सुदर्शन पार्कमा पंखा बनाउने कारखानामा बिस्फोट भएको हो । बिस्फोटपछि कारखाना रहेको घरको छत खस्दा ७ जनाको ज्यान गएको हो । मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।
घटनामा परी घाईते भएका ८ जनालाई उद्दार गरेर अस्पताल लगिएको छ । भारतीय समाचार संस्था पिटीआईका अनुसार कारखानामा रहेको ग्यास सिलिण्डर विष्फोट भएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्