
शरीरका विभिन्न अंगमा भइरहेका स–साना परिवर्तनबारे समयमै थाहा नहुँदा ठूलै समस्याको पनि सामना गर्नुपर्ने हुन्छ ।
क्यान्सर रोग विशेषज्ञ डा.सन्ध्या चापागाईंले खासगरी महिलाको स्तनमा आउने स–साना गिर्खा, गाँठागुठी कहिलेकाहीँ स्तन क्यान्सरको लक्षण पनि हुन सक्छ भन्ने जान्नु आवश्यक भएको बताइन् ।
वंशाणुगत कारण, ३० वर्ष उमेर कटेपछि बच्चा जन्माउने आमा, स्तनपान नगराउने आमा, पहिलेदेखि नै स्तनमा गाठाँगुठी भएका महिला, महिनावारी चाँडै सुरु भई ढिला बन्द हुने महिला, मोटी, धेरै चिल्लो बोसोयुक्त खाना खाने र सुर्तिजन्य पदार्थ सेवन गर्ने महिला स्तन क्यान्सरको उच्च जोखिममा रहन्छन् ।
स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउन शुक्रबार जाउलाखेलस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयका शिक्षिका र छात्रालाई स्तन क्यान्सरबारे नाटकका माध्यमबाट जानकारी गराइएको थियो ।
पाठेघरको क्यान्सरबाट मुक्त भएकी बलिउड अभिनेत्री मनिषा कोइरालाले स्वस्थ जीवनको खानपान निकै महत्वपूर्ण भएकाले विषादीरहित अर्गानिक खानेकुरामा जोड दिनुपर्ने बर्ताकी थिइन् ।
उनले बाहिरी खानेकुरालाई महत्व नदिन पनि छात्रालाई अनुरोध गरेकी थिइन् । उनले भनिन्, ‘हामीले खानेकुरा खाँदा स्वस्थ र पोषिलो रोजेजस्तै साथी बनाउँदा पनि सधैँ प्रेरणा दिने खालका बनाउनुपर्छ, किन कि हाम्रो जीवन निकै महत्वपूर्ण छ, त्यसैले सही लक्ष्य लिई राम्रो काममा लगाउनुपर्छ ।’ रासस
प्रतिक्रिया दिनुहोस्