२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको ओईरो


0
Shares

मुक्तिनाथ विकास समितिको चन्दा संकलनमा कार्यरत कर्मचारी नवराज सुवेदीले दैनिक करिव ३ सयको संख्यामा तिर्थालु आउने गरेको जानकारी दिए ।

मुक्तिनाथ पुग्ने धेरैजसो आन्तरिक पर्यटक छन् । अस्थायी जिल्ला ट्राफिक कार्यालय मुस्ताङले दिनहुँ करिव सयभन्दा बढी सवारी मुस्ताङ भित्रने गरेको बताएको छ ।

बिदाको मौका छोपेर मुस्ताङ आउनेमा अधिकांश कलेज र बिद्यालयका विद्यार्थी छन् ।

त्यस्तै बिभिन्न सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा बित्तीय संस्था र बिदेशबाट स्वदेश फर्किएकाहरुसमेत मुक्तिनाथको दर्शन गर्न पुग्ने गरेका छन् ।

यो सिजनमा कागबेनीदेखि मुक्तिनाथसम्मको १२ किलोमिटर सडक कालोपत्रे भएपछि मुक्तिनाथ दर्शन गर्ने तिर्थालुलाई सहज भएको छ ।

कतिपयले उपल्लो मुस्ताङको कोरला नाका, ऐतिहासिक लोमान्थाङ दरबार र छोसेर गुफा अवलोकन गरी फर्कने गरेको लोमान्थाङका समाजसेवी ईन्द्रधारा बिष्टले जानकारी दिए ।

मुस्ताङमा पछिल्लो समय नेपाली चलचित्र र म्यूजिक भिडियोको छायांकन गर्ने क्रम पनि बढेको छ ।