कीर्गिस्तानको बिस्केकमा मंगलबार भएको खेलमा नेपाल २–० ले पराजित भएको हो ।
खेलको २१औं मिनेटमा कीर्गिस्तानका बोरुबायभ गुल्झिगीतले एक गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । नेपालले दोस्रो हाफमा केही दबाब बनाएपनि गोल फर्काउन सकेन ।
इन्जुरी समयको अन्तिम मिनेटमा कीर्गिस्तानले दोस्रो गोल थप्दै टोलीको जित पक्का गर्यो ।
जितसँगै कीर्गिस्तानले ‘राउन्ड रोबिन लिग’को आधारमा चलिरहेको छनोट प्रतियोगितामा ३ अंक जोडेको छ ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार बहराइनसँग खेल्नेछ । यसबाहेक नेपालले युनाइटेड अरब इमिरेट्स र ओमानसँग पनि खेल्नेछ ।
पाँच टोली सहभागी समूहमा शीर्ष स्थान हासिल गर्ने टोली अर्को वर्ष हुने फाइनल चरणका लागि छानिनेछ ।
प्रतियोगिताका लागि एसियाका सबै टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका विजेतासँगै ५ उत्कृष्ट उपविजेता अर्को वर्ष हुने यु–१९ एसिया कप फुटबल च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्