Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


जो मधेसवादी दलमा टिकेनन्, धरापमा मधेसवादी दल


0
Shares

लामो समयको अन्तरालपछि २०४६ सालबाट मधेस केन्द्रीत दल नेपाल सद्भावना पाटीको विस्तार भयो । तर अहिले सदभावना पार्टी पनि समाप्त भएर सदभावनाका नेताहरु राष्ट्रिय राजनीतिको दौडमा लागेका छन् ।

पहिलो मधेस आन्दोलनबाट ‘मधेस’ शब्द राखेर उपेन्द्र यादवसहितले राजनीति सुरु गरे पनि पछिल्लो समय यादव पनि राष्ट्रिय राजनीतिक दौडमा छन् ।

मधेसवादी मानिएका प्रमुद दुई दलले पार्टीको नामबाट मधेस शब्द हटाउनका साथै विधानमा पनि राष्ट्रिय पार्टीका रुपमा आफूलाई चित्रण गरेका छन् ।

मधेसवादी राजनीतिक दलमा परिवर्तनसँगै मधेसवादी दलका नेताहरु पनि ‘वाद’ र संगठन परिवर्तनमा होमिएका छन् । जसले गर्दा मधेसवादी राजनीतिसँगै मधेसवादी नेताहरु पनि धरापमा परेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाबाट कयौं मधेसी मुलका नेतारु मधेसवादी राजनीतिमा आए ।

तर संविधान निर्माणदेखि कार्यान्वयनसम्ममा आउँदा अधिकांश नेताले मधेसवादी राजनीतिलाई त्यागेका छन् । -नेपाल समाचारपत्र दैनिकबाट