२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


८८ केजी सुन तस्करी: तीन चिनियाँसहित ११ विरुद्ध ४६ करोडको मुद्दा


0
Shares

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन चिनियाँसहित ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गर्न मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

अभियुक्त विरुद्ध ४६ करोड ७० लाख १६ हजार रुपैंयाँ विगो दावी गरी संगठित अपराध मुद्दा चलाउन सिफारिस गरिएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

बरामद भएको ८८ किलो सुनको मूल्यलाई विगो बनाइएको हो । अभियुक्त विरुद्ध संगठित अपराध एनेअनुसार ५ बर्ष कैद सजाय माग गरिएको छ ।

यता दुई महिना थुनामा राखेपछि पक्राउ परेका चालकहरु प्रहरी अनुसन्धानमा निर्दोष देखिएका छन् ।

चिनिया नागरिकका चालक मनोज अधिकारी तथा रसुवागढी नाकामा गाडी चलाउने दाम्पा तामाङ र दिलीप खड्काको तस्करीमा मिलेमतो नभएको निचोड प्रहरीको छ । -नयाँ पत्रिका दैनिकबाट