८ असार २०८२, आइतबार | Mon Jun 23 2025


धनकुटाका सात मतदानस्थललाई अति संवेदनशील


0
Shares

जिल्ला सुरक्षा समितिको बैठकले धनकुटाका सात मतदानस्थललाई अति संवेदनशील भएको ठहर गरेको हो ।

निर्वाचनको विरोध र बहिष्कारमा रहेका दल, आपराधिक समूहहरुको उपस्थिति, भौगालिक विकटता र अन्य गतिविधिका आधारमा सात मतदान स्थललाई अतिसंवेदनशील र अन्य ४७ मतदान स्थललाई संवेदनशील मतदान स्थल घोसणा गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

संवेदनशील र अतिसंवेदनशिल क्षेत्रमा सुरक्षाकर्मी परिचालन र निगरानी गरी सुरक्षा सर्तकता बढाईने प्रहरीले जनाएको छ । धनकुटामा कुल ११७ मतदान स्थल र १५३ मतदान केन्द्र रहेका छन् ।