बुधबार राजधानीमा नेपाल उद्योग परिसंघ र नेपाली मेडिया सोसाइटीले गरेको गोष्ठीमा २६ औद्योगिक बाधक कानुन परिमार्जन तथा खारेजी गर्नुपर्ने माग गरिएको हो ।
गोष्ठीमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यापारीलाई नियन्त्रणमा राख्न साताओटा कानुन भए पुग्ने बताए ।
गोष्ठीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले बायोमेट्रिक्स प्रविधिले सम्पत्ति शुद्धीकरणका धाराहरु विस्थापित गर्ने धारणा राखे ।
पूर्वउपाध्यक्ष शर्माले बायोमेट्रिक्स प्रविधिले नेपाली नागरिकता र राहदानीलाई विश्वमा मान्यता प्राप्तीसँगै व्यापारीलाई विदेशी विमानस्थल र अन्य स्थानमा दुःख झेल्नु नपर्ने धारणा राखे ।









प्रतिक्रिया दिनुहोस्