
अधिकारी १७ बर्षे अध्यापक पेसा छाडेर झापा –५ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् ।
कांग्रेस महासमिति सदस्य रहेका उनी ‘हेभिवेट’ सँग किन भिड्न आए ? भन्छन्,‘ म बौद्धिक ब्यक्ति हुँ, राजनीतिमा लागेर धेरै गर्न सकिन्छ भनेर एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न आएको हुँ ।’
उता ओलीले निर्बाचनमा सहभागी हुँदैमा प्रतिस्पर्धी नहुने तर्क गरे । ‘चुनावमा सहभागी हुँदैमा कोही प्रतिस्पर्धी हुँदैन,’ उनले शुक्रबार दमकस्थित आफ्नो निबासमा भने,‘चुनावमा सहभागी हुनुभयो, स्वागत छ तर मेरो प्रतिस्पर्धी कोही छैन ।’
उनले कांग्रेस उम्मेदवारलाई नचिन्ने भन्दै ‘एक जना माडसाप’ चुनावमा आएको आफूले सुनेको बताए ।
कांग्रेस उम्मेदवार अधिकारीले भने ओलीसँग डराउनुपर्ने कारण के छ ?’उनले भने, ‘मलाई जनताको डर छ, कुरा बुझाउन सक्छु कि सक्दिन भन्ने ।’
उनले यस क्षेत्रलाई अघि बढाउने क्षमता आफूसँग रहेको दाबीसमेत गरे । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्