टस जितेर भारतले क्षेत्ररक्षण रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंहले सर्वाधिक ८८ रन बनाए । त्यसैगरी जितेन्द्र सिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८ ओभर एक बलमा सबै विकेट गुमाउँदै १६६ रनमात्र बनाउन सक्यो ।
ब्याटिङमा राम्रो प्रदर्शन गरेका दीपेन्द्र सिंहले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण चार विकेट लिए । त्यस्तै पवल सर्राफ र शहाब आलमले दुई/दुई विकेट लिए भने कमल सिंह र सन्दीप लामिछानेले एक/एक विकेट लिए ।
यो जितसँगै नेपालको सेमिफाइनल यात्राको सम्भावना कायमै रहेको छ । यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । भारतले पहिलो खेलमा जित हात पारेको थियो ।









प्रतिक्रिया दिनुहोस्