Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


चन्दा छल्न व्यापारीहरु धमाधम विदेश भ्रमणमा


0
Shares

स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेश लाठ, वीरगन्ज उद्योगा वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया, वर्तमान वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुवोधकुमार गुप्तालगायत एक दर्जन उद्योगी व्यवसायीको टोली जकार्ता उडेको छ ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा आर्थिक नगरीका ठूला तथा प्रमुख उद्योगी व्यवसायीले नगरमात्र नभई मुलुकै छाडेर सयरमा जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । कतिपयले निर्वाचनमा उम्मेदवारहरुबाट हुने चन्दा आतंकबाट आजित भएर मुलुक नै छाडेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुलाई चन्दा दिइसकेका उनीहरुले फेरि प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको ठूलै भीड थेग्नुभन्दा मुलुक नै छाडेको अड्कलबाजी कतिपयले गरेका छन् । –कान्तिपुर दैनिकबाट